ईमधेश न्युज सम्बादाता सप्तरी,२९ बैशाख ।
सप्तरीको कञ्चनरुप नगरपालिकामा निषेधाज्ञाको अवज्ञा गरेर पसल खोलेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पटक पटक चेतावनी दिदा समेत अटेर गरेपछि बुुधबार इलका प्रहरी कार्यालय कञ्चनपुरले कञ्चनरुप नपा–६का महेन्द्र प्रसाद गुप्ता,हरेराम रौनियार,नुतन कुुमार साह,वडा नम्बर ७का सूुर्यनारायण साह, र वडा नम्बर १०का सतोष कुुमार गुुप्तालाई पक्राउ गरेका छन् ।
सप्तरी जिल्लामा कोभिड १९ को संक्रमण दिनानुदिन बढ्दै गएकोले जिल्लाका शहरी क्षेत्रहरुमा बैशाख २५ गते राती १२ बजेदेखी निषेधाज्ञा लगाइएको छ । इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी नरेश कुमार सिंहले व्यापारीहरुलाई जति सुुकै सम्झाएपनि निषेधज्ञा उल्घन गरेर पसल संचालन गरिरहेकोले पक्राउ गरिएको बताउनु भयो । डिएसपी सिंहले पहिलो पटक समान्य जरिवाना गरेर छोडने तर दोस्रो पटक उल्घन गरेमा कानून अनुसार कार्यवाही गर्ने बताउनु भयो । जिल्ला संकट व्यवस्थापन केन्द्रको गत बिहीबार सम्पन्न बैठकले अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा जारि रहने निर्णय गरेको थियो ।