शुभ नारायण यादव सप्तरी ,२८ बेैशाख । सप्तरीको गजेन्द्रनारायण सिह अस्पताल राजविराजमा अक्सिजन अभावका कारणले थप एक जना काेराेना सन्क्रमित युवककाे मृत्युु भएको छ । काेराेना सन्क्रमित युवक सप्तरीको राजविराज नगरपालिका वडा न. ९ गढियाका ३८ बर्षिय जोगेन्द्र प्रसाद यादवकाे अक्सिजन अभावमा मृत्यु भएको हाे । विगत चार दिनदेखि ज्वराे आएकाे तथा उनलाई राजविराज स्थित गजेन्द्रनारायण सिह अन्चल अस्पतालमा उपचारको लागि भर्ना गरेको थियाे । साेहि क्रममा अक्सिजन अभावमा उनकाे तत्काल राजविराजमा उपचार हुन नसकेपछि बिना अक्सिजनकेै बिराटनगर स्थित ग्रीन सिटि अस्पताल भेन्डिलेटरकाे लागि भर्ना गर्न लेजादेै गरेकाे अवस्थामा बिच बाटोमै अक्सिजन सकेपछि मृत्यु भएको उनका अङकल रामु यादवले जानकारी दिएका छन । उनका अनुसार अक्सिजन अभावमा राजविराजमा उपचारको लागि भर्ना गरिए पनि अस्पतालका मेसु डा. रन्जित झालाई अक्सिजनकाे लागि पटक पटक आग्रह गर्दा पनि यहा अक्सिजन छेैन भनी बिरामिलाइ रेफर गरिएको तथा थप उपचारको लागि बिराटनगर तर्फ लगिदेै गर्दा बिच बाटाेमेै मृत्युु भएको मृतकका परिवारजनले बताएका छन । यता सरकारले अक्सिजन ,भेन्टिलेटरकाे लागि लाखौं करोडौं रकम पठाए पनि यहाका गरिब ,निमुखा जनताहरुले अकालमेै मृत्युु हुने गरेकाे भन्दै सजपाका नेता समेत रहेका रामु यादवले अस्पताल प्रशासन तथा मेसुकाे लापरबाहिका कारणले अाफ्नाे भतिजाकाे अकाल मृत्युु भएको भन्दै अस्पताल बिरुद्ध कडा अान्दोलन गर्ने चेतावनि समेत दिएका छन ।