शुभ नारायण यादव
सप्तरी ,२८ वैशाख ।
सप्तरीका एक जना काेराेना सन्क्रमित पुरुषको धरानस्थित बि.पि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारकाे क्रममा आज मृत्यु भएको छ।
सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका वडा न.१ भलुवाका ६१ वर्षीय पुरुष उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पतालले जनाएको हो।
मुटुमा समस्या देखिएपछि वैशाख २७ गते धरान स्थित प्रतिष्ठान ( घोपा )अस्पतालको इमर्जेन्सीमा उपचार गराइरहेकोमा ,निजको पिसिआर परिक्षण गर्दा कोभिड-१९ पोजेटिभ पुष्टि भएको थियो।
यता संक्रमित मृतक पुरुषको शव हाल व्यवस्थापनका लागी समन्वय भैरहेको अस्पताल प्रशासनले जनाएको छ । यो संगै सप्तरीमा हाल सम्ममा कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेहरूको संख्या ५१ पुगेको छ।जसमा पहिलो लहरमा ४२ जनाले ज्यान गुमाएका थिए भने अहिलेको दोस्रो लहरमा समेत ९ जनाको मृत्यु भैइसकेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।