ईमधेश न्यूज सम्वाददाता,
राजविराज २३ बैशाख ।
सप्तरीको राजविराज नपा १४ परसाहीम स्वास्थ्य सुरक्षा सम्बन्धी तालिम सम्पन्न भएको छ ।
सामुदायिक महिला विकास मञ्च राजविराजको आयोजना एवं राजविराज नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न सो तालिमको युवा पत्रकार शुभ नारायण यादवले सहजीकरण गरेका थिए ।
आयोजक संस्थाकी अध्यक्ष विमला यादवकी अध्यक्षता एवं वार्ड नं. १४ का वडा अध्यक्ष शोभालाल मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न सो तालिम स्वास्थ्य सुरक्षाको अभाव हुन सक्ने विभिन्न प्रकारको रोगहरु बारेमा विश्लेषण गर्दै आफ्नो घरआँगन तथा वडालाई सफा सुग्घर राख्नमा जोड दिएको थियो ।
अहिले कोभिड १९ अर्थात कोरोना भाइरसको संक्रमणका कारणले सन्सार ने त्रसित बनेको अवस्थामा तपाईं हामी सबै जना सरसफाइमा ध्यान नदिएसम्म समाज तथा देश अगाडी बढन नसकिने विश्वास कार्यक्रममा सहभागीहरुले ब्यक्त गरेका छन । उक्त कार्यक्रममा सहभागीहरुले कोरोना भाइरस जस्तो महामारीबाट जोगिन नियमित रुपमा साबुन पानीको प्रयोग तथा माक्स र सेनिटराइजरको नियमित प्रयोग गर्नुका साथै भिडभाडमा नजान आगह गर्नुका साथै वडालाइ पुर्ण सरसफाइ युक्त बनाउने प्रतिबद्धता कार्यक्रममा सहभागिहरुले ब्यक्त गरेका छन । सरसफाइबाट झण्डै ३० –८० प्रतिशत रोगबाट मुक्ति पाउने भएकाले पनि सबै जनालाइ सरसफाइमा ध्यान दिन अनुरोध गर्दै वडालाइ ने पुर्ण सरसफाइ युक्त वडा बनाउने सामुहिक प्रतिबद्धता कार्यक्रममा सहभागीहरुले जनाएका छन ।