शुभ नारायण यादव,
राजविराज, २२ वैशाख ।
सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह् अस्पतालमा भएको स्वास्थ्य परिक्षणमा ५७ जना मध्ये ३५ जना कोरोना संक्रमित पुष्टि भएको छ ।
बुधवारको स्वास्थ्य परिक्षणको आधारमा सो ३५ जना मध्ये १० जना महिला सहित राजविराज नपाकै १६ जना संक्रमित पुष्टि भएको हो ।
जसमा राजविराज नगरपालिका वडा नम्वर–२ की ६४ वर्षीया महिला, ३ का १६ र २५ वर्षीय पुरुष तथा ६८ र २४ वर्षीया महिला, ४ का ३१ वर्षीय पुरुष, ७ की ५२ वर्षीया महिला तथा ६२ र ४८ वर्षीय पुरुष, ८ का २७ वर्षीय पुरुष, ६ की ५५ र ७४ वर्षीया महिला, ५ का ४०, ४२ र ५२ वर्षीय पुरुष तथा १६ का ५२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएका अस्पतालका सूचना अधिकारी सुर्यकान्त झाले जानकारी दिए ।
यसैगरी सप्तरीके सुरुङ्गा नगरपालिका वडा न.–१ का ८ र ३४ वर्षीय पुरुष, शम्भुनाथ नगरपालिका–१२ का २२ र ३८ वर्षीय पुरुष, छिन्नमस्ता गाउँपालिका वडा न.–१ बरहि बिरपुरकी ३२ वर्षीया महिला, ३ की ४४ वर्षीया महिला, ४ का ४५ वर्षीय पुरुष, हनुमाननगर कंकालिनी नगरपालिका–३ का ७५ वर्षीय पुरुष, ५ की ३४ वर्षीया महिला र ५७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै राजगढ गाउँपालिका वडा न.–५ बेल्हि चपेनाकी ५० वर्षीया महिला, डाकनेश्वरी नगरपालिका–६ का ७१ वर्षीय पुरुष, ८ का २६ वर्षीय पुरुष, अग्निसाइर कृष्णासवरण गाउँपालिका–३ का ४८ वर्षीय पुरुष, तिलाठी कोइलाडी गाउँपालिका–६ का ५५ वर्षीय पुरुष, विष्णुपुर गाउँपालिका–१ का १८ वर्षीय पुरुष, ५ का २० वर्षीय पुरुष र कञ्चनरुप नगरपालिका–७ का ६० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको सूचना अधिकारी झाले जानकारी दिएका छन ।
योसँगै सप्तरीमा सक्रिय संक्रमितको संख्या २२७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।