शुभ नारायण यादव
सप्तरी , २२ वैशाख । सप्तरीका थप एक जना कोरोना संक्रमितको काेशि अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको छ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा न.–४ लालापटिका ३७ वर्षीय एक पुरुषको विराटनगरस्थित कोशी अस्पताल मातहत रहेको कोभिड अस्पतालमा विहान मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
उनका अनुसार विरामी परेपछि उनलाई उपचारको लागि अस्पतलामा भर्ना गरिएको थियो । सोही क्रममा परिक्षण गर्दा उनमा मंगलबार संक्रमण पुष्टि निमित्त प्रमुख यादवले बताएका छन। योसँगै सप्तरी जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएकाे छ ।