शुभ नारायण यादव,
राजविराज, २१ बेैशाख ।
कोभिड १९ कोरोना संक्रमणका कारण सप्तरीमा थप एक जनाको मंगलवार मृत्यू भएको छ ।
कोरोना संक्रमण पुष्टि भए पश्चात सुनसरीको धरान स्थित वि.पी स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पताल कक्षमा उपचारको क्रममा सो ब्यक्तिको मृत्यू भएको हो ।
मृतक सप्तरीको सप्तकोशी गाउँपालिका १ फत्तेपुर घर भएको शिक्षक पेशामा ५० बर्षिय पुरुष रहेको बताएको छ ।
श्वासप्रश्वासमा समस्या आएपछि उनको मंगलबार विहान ५ः१५ बजे मृत्यु भएको वीपी प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले बताएका छन । उनी उच्च रक्तचाप र अन्य दीर्घ रोगी थिए । योसंगे सप्तरीमा दोश्रो कोरोना कहरका कारणले मृतकको सङ्ख्या चार पुगेका छन भने सप्तरीमा कुल सन्क्रमित सङ्ख्या १२७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनिया लाल यादवले जानकारि दिएका छन ।