ईमधेश न्यूज सम्वाददाता,
राजविराज, ११ बैशाख ।
धर्मी हल्फा महिला विकास क्लव लालापट्टी सप्तरीद्वारा सखडामा बैशाख ५ गते भएको आगलागीबाट पिडित परिवारहरुलाई राहत वितरण गरेको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिकाको सखडा टोलमा बैशाख ५ गते स्थानीय अंग्निपीडित मोहम्मद मंजुरलाई राहत स्वरुप क्लवले त्रिपाल, झुल ,तन्ना, धोती ,साड़ी, थाल, ग्लास कराही ,डेकची र छोलनी लगायतका राहत सामग्रीहरु बितरण गरेको क्लवका अध्यक्ष एवम् समाजसेवी ई. सूर्य नारायण यादवले जानकारी दिनुभयो ।
निज मंजुरको घरमा आगलागी हुदा अनुमानित १४ लाख भन्दा बढीको धन–मालको क्षति भएको थियो ।
सो राहत बितरणमा छिन्नमस्ता गाउपालिका वडा न.३का वड़ा सदस्य मोहम्मद सादिक, इलाका प्रहरी कार्यालय सखडाका प्रहरी हवलदार डि.पि . यादव, हरि नारायण यादव लगायत स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो ।