शुभ नारायण यादव,
राजविराज, १० बैशाख ।
सप्तरीको राजविराज विमानस्थलमा शुक्रवार देखि १५ दिनका लागि उडान सेवा रोकिएको छ ।
विमानस्थलबाट ‘बुद्ध एयरलायन्स’ले काठमाडौंदेखि राजविराज र राजविराजदेखि काठमाडौंसम्म नियमित उडान भर्दै आएको छ । विमानस्थलको धावनमार्ग स्तरोन्नती कार्य थालिएकोले वैशाख १० गतेदेखि २५ गतेसम्म उडान सेवा रोकिएको हो ।
‘विमानस्थलमा स्तरोन्नती कार्य थालिएको हुनाले तत्काललाई विमान सेवा रोकिएको जनाएको छ । यता बुद्ध एयरलायन्स राजविराजका प्रबन्धक अनिल राजवंशीले ‘स्तरोन्नती कार्य सकिएसँगै विमानस्थल सेवा पुन सुचारु हुने बताउनुभएको छ ।