शुभनारायण यादव,
राजविराज, ०७ बैशाख ।
नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) सप्तरीले महादेवा गाउँपालिकामा जनसंगठन बिस्तार तथा सुदृढृकरण अभियान मंगलवार शुरु गरेको छ ।
महादेवा गाउँपालिकाको ढिकली स्थित गाउँपालिका स्तरीय कार्यकर्ता भेला दरा प्रारम्भ गरिएको सो कार्यक्रमको अध्यक्षता क. बसन्त मण्डले गरेका थिए भने कार्यक्रमको उद्घाटन केन्द्र कमिटिका सदस्य क. अशोक मंडल अमरले गरेका थिए । सो कार्यक्रमा विशिष्ट अतिथि प्रदेश २का पार्टी कमिटी सदस्य .महेशप्रसाद यादव, छेदी रजक (विमल),.अरुण साह(अनिल),जिल्ला)पार्टी)कमिटी)सदस्यहरु दिपेन्द्र माझी, भुलाइ राम ,लक्ष्मी चौधरी, कृष्णदेव मण्डल ,पत्रकार देवराम यादव लगायतका उपस्थिति रहेको थियो । सो अभियान अन्तर्गत सोही कार्यक्रममा मनोज यादवकोे संयोजकत्वमा ५१ सदस्यीय गाउँ समिति, गोबिन्द सरदारको संयोजकत्वमा २५ सदस्यीय तथा भागवत साहको सहसंयोजकत्वमा २५ सदस्यीय किसानको गाउँ समिति, फुलो सदाको संयोजकत्वमा २५ सदस्यीय महिला गाउँ समिति, ईन्द्र मण्डलको संयोजकत्व तथा राधेश्याम यादवको सहसंयोजकत्वमा २५ सदस्यीय विधार्थी गाउँकमिटी, बेजु कामतको संयोजकत्वमा २५ सदस्यीय युवागाउँकमिटी, राम दत्त मण्डलको संयोजकत्व तथा झबर सरदारको सहसंयोजकत्वमा २५ सदस्यीय मजदुर गाउँकमिटी गठन गरी जिम्मेवारी दिने सर्वसम्मतिले जनसंगठन बिस्तार तथा सुढृकरण अभियान कार्यक्रम सम्पन्न गरिएको छ ।