लिलाकान्त यादव,
राजविराज ०७ बैशाख ।
प्रदेश न.२ का प्रदेश प्रमुख डा. राजेश झा अहिराग र बागमती प्रदेशका प्रमुख विष्णु प्रसाईंले मंगलबार सप्तरीको प्रसिद्ध शक्तिपिठ छिन्नमस्ता र कंकाललिनी मन्दिरमा पुजाअर्चना गर्नु भएको छ सो क्रममा अहिरागले छिन्नमस्ता मन्दिरको विकास र बेदाश्रम स्थापनाका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
सुनसरीको ब्रहाक्षेत्रबाट सप्तरी आएका प्रदेश प्रमुखद्वय झा र प्रसाईंले भारदह स्थित कंकाल्नी मन्दिरमा पूजापाठ गरेर पछि छिन्नमस्ता पुगी पूजापाठ गरेका हुन् ।
भारदहको कंकालिनी मन्दिरमा मन्दिर विकास समितिका पदाधिकारीहरुले स्वागत गरेका थिए भने छिन्नमस्ता मन्दिरमा प्रदेश प्रमुखहरुलाई मन्दिरका पिठाधीश महाकान्त ठाकुर, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य जयप्रकाश ठाकुर, महिला अधिकारकर्मी सुनिता साह लगायतले फुलमाला र गम्छा ओढाएर स्वागत तथा सम्मान गरेका थिए ।
छिन्नमस्ताका पिठाधीश महाकान्त ठाकुरले प्रदेश २ का प्रमखु झाले वर्तमान समयमा अंग्रेजी माध्यमको पठनपाठनप्रति बढ्दो आकर्षणका कारण संस्कृत र धार्मिक शिक्षामा ह्रास आएकाले वेदाश्रमको निर्माण गर्ने सोच अघिसारेको पिठाधीश ठाकुरले बताएका छन ।
प्रदेश प्रमुख झाले आफू जिम्मेवारी सम्हालेलगतै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई प्रदेश २ मा वेदाश्रम स्थापनासहित प्रदेश २ को समग्र विकासका लागि निर्देशन दिएको जानकारी समेत दिए ।
प्रदेश २ को प्रमुख शक्तिपीठको रुपमा रहेको छिन्नमस्ताको विकास र बेदाश्रम निर्माणका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन ।
यसेबिच प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश झा र बागमती प्रदेशका प्रमुख विष्णु प्रसाईंले सप्तरीे भ्रमणको क्रममा राजविराज पुगेर मधेश आन्दोलनका प्रणेता स्वर्गीय गजेन्द्रनारायण सिंहको शालिकमा माल्यार्पण गरेका छन् ।
धार्मिक यात्राको क्रममा सप्तरी आएका दुबै प्रदेश प्रमुखले सप्तरीको राजविराज स्थित गजेन्द्र चौक पुगेर स्वर्गीय सिंहको शालिकमा माल्यार्पण गरेका हुन् ।
मधेशी, आदिवासी जनजाति, दलित र शोषित उत्पिडीत वर्गको अधिकार र सम्मानका लागि स्वर्गीय सिंह संर्घषरत रहेको स्मरण गर्दै प्रदेश प्रमुख झाले स्वर्गीय सिंहको सपना सकार पार्न आफू दृढ संकल्पित रहेको विचार व्यक्त गरेका छन ।
सोही क्रममा बागमती प्रदेशका प्रमुख प्रसाईंले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय सिंहले पु¥याएको योगदानको स्मरण गर्दै स्वर्गीय सिंहबारे जानकारी उपलब्ध गराउन गजेन्द्र चौकमा उनको संक्षिप्त जीवनी अंकित गर्न सुझाव समेत दिनुभयो ।