शुभ नारायण यादव सप्तरी ,०३ बेैशाख । सप्तरीकाे शम्भुनाथ स्थित सवारी दुर्घटनामा एक एम्बुलेन्स चालकको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत शम्भुनाथ नगरपालिका वडा न.-३ शम्भुनाथ मन्दिरको गेट अगाडि पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना.६ख ७८९२ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको सिरहा औषधी व्यवसायको स.१च ५५२ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
आज बिहान भएको उक्त दुर्घटनामा एम्बुलेन्स चालक सिरहाको सुखिपुर बस्ने ५० वर्षीय छेदिलाल कामतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिनुभयाे ।
यता मृतकको शवलाई पोष्टमार्टमका लागि रा.उ. स्मारक अस्पताल लहान सिराहा ल्याइएको छ । भने ठक्कर दिने बसका चालक भने फरार भएका छन् । उनको खोजी कार्य तिर्व रुपमा भइरहेको प्रहरीले जनाएको छ ।