शुभ नारायण यादव,
राजविराज, ३१ चैत्र ।
सप्तरीमा भैँसी बाँध्ने डोरीमा अल्झिएर एकजनाको मृत्यु भएको छ । सप्तरीको बलान बिहुल गाउँपालिका वडा न. ३ महुवा टोलकी करिब बस्ने ७० वर्षीया जयावती देवी मण्डलको मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो । मण्डल खेतमा भैँसी चराउन जाँदा एक्कासी भैँसी उम्केपछि भैँसीको डोरी हातमा अल्झिएको थियो । डोरी अल्झेपछि भैँसीले घिसार्दा उनको टाउको, अनुहार र शरीरको विभिन्न भागमा चोट लागेको थियो । गम्भीर घाइते मण्डललाई तत्काल उपचारको लागि स्थानीय मेडिकल चनही तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको डीएसपी काफ्लेले जानकारी दिनुभयो ।