शुभ नारायण यादव,
राजविराज, २९ चैत ।
सप्तरीको बोदे बरसाईन नगरपालिका–५ स्थित श्री चन्द्रा नमुना माध्यमिक विद्यालयको श्रोत भवनमा पाँच दिने आधारभूत तालिम सम्पन्न भएको छ ।
सम्पन्न सो तालिममा ६० जना मानिसहरुको सहभागितामा रहेको थियो । बोदेबरसाईन नपाको आयोजनामा सम्पन्न सो तालिममा समूह समितिका पदाधिकारीहरुलाई ५ दिने आधारभूत तालिम सम्पन्न भएको हो ।
नगर भित्र गठन गरिका महिला समूहका पदाधिकारीहरूलाई सक्षम बनाउने उदेश्यले सो तालिमको आयोजना गरिएको समाजिक परिचालिका बिभा यादवले बताईन् । सो तालिममा प्रशिक्षण निमित प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव, महिला बालबालिका शाखा प्रमुख कला चपाँगाई, ईलाका प्रहरी कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक अरूण कुमार सिंहले प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रममा बोल्दै निमित प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादवले महिला समूहको आवश्यकता अनुसार सिपमुलक बिकास गर्ने र सोही सिपको आधारमा स्थानीय स्तरमा समूहको आकाक्षां अनुसार अगामी बजेटमा कार्यक्रम ल्याउने प्रतिद्धता ब्यक्त गरे । सम्पन्न सो कार्यक्रमको अध्यक्षता महिला बिकास समूह सिसुवाका उपाध्यक्ष तथा वडा नम्बर–६ की वडा सदस्य सुमिन्द्रा यादवले गरेकी थिईन ।