शुभ नारायण यादव
राजविराज, २७ चैत ।
सप्तरीको शम्भुनाथ नगरपालिका वडा न.–६ मा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत स.८प ७३३० र स.६प ५२४३ नम्वरको मोटरसाइकल एकआसपमा ठोक्किएर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएको छ ।
सो दुर्घटनामा स.६ प ५२४३ नम्वरको मोटरसाइकल चालक सप्तरीको खडक नगरपालिका वडा न.९ सर्पाका ३५ वर्षीय मो.अनवर अलिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सो दुर्घटनामा गम्भीर घाइते भएका अलीको उपचारको लागि अस्पताल तर्फ लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
उहाका अनुसार मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका मोटरसाइलक चालक अर्कै व्यक्ति रहेको दावी स्थानीयबासिहरुले गरेका छन् ।
ठक्कर दिने सक्कली चालकलाई उम्काउनको लागि नक्कली चाकललाई ईलाका प्रहरी कार्यालय कल्याणपुरमा हाजीर गराइएको स्थानीयको भनाई छ । चालक हेरफेर गर्न डेढ लाख रुपैयाँको चलखेल भएको श्र्रोतले जनाएको छ ।
सो दुर्घटनामा मृतकका बच्चाहरु पनि घाइते भएर उपचारार्थ आइसीयूमा छन् ।सो बिषयमा जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपिका अनुसार दुघर्टनामा ‘अन्य घाइतेहरु भए हामी रिपोर्ट पठाउँछौं । तर रकम लेनदेनको कुरा छैन् । उनले त्यसो भएको पाइए संलग्नलाई कारवाही गर्ने बताएका छन । यसै बिच मृतक युवकको शव हाल पोष्टमाट्मसका लागि राजविराज स्थित गजेन्द्रनारायण सिह अन्चल अस्पतालमा राखिएको तथा घटनाको थप आवश्यक अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।