शुभ नारायण यादव,
राजविराज, १८ चैत ।
धर्मी हल्फा महिला विकास क्लव सप्तरी द्वारा आगलागि भएका परिवारलाई राहत वितरण गरेको छ ।
सप्तरीको विष्णुपुर गाउपालिका वडा न. १ जमुनी गाउँका ३ जना अंग्निपीडित परिवारहरुलाई आज राहत बितरण गरेको हो । राहत स्वरुप त्रिपाल, झुल तन्ना, धोती, साड़ी,थाल,गलास,कराही,डेकची र छोलनी लगायतका राहत सामग्रीहरु बितरण गरेको क्लवका अध्यक्ष एवम् समाजसेवी ई.सुर्य नारायण यादवले जानकारी दिनुभयो ।
सो राहत वितरणमा स्थानीय पशुपति यादव, शैलेन्द्र यादव, शिवशंकर शर्मा, जयकृष्ण गुरमैता लगायतका स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
गत चैत १३ गते भएको आगलागिमा स्थानीय पवन कुमार राम,अशोक राम र रुन्दी खंगको घरमा आगलागि हुदा अनुमानित १० लाखभन्दा बढिको क्षति भएको थियो ।