शुभ नारायण यादव
राजविराज, १२ चैत ।
भारतबाट भन्सार छलि गरी नेपाल भित्रियाइएको एलिबेस्टर (घरमा छाना लगाउने सामग्री) र एलिबेस्टर ल्याउन प्रयोग गरिएको बैलगाडासहित एक भारतीय नागरिकलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुबनी जिल्लाको बालुवा निवासी ७० वर्षीय रामबिलास साह रहेका छन् । यता साहसहित भन्सार छलि गरी ल्याएको डेढ लाख रुपैयाँ बराबरको सामग्री आवश्यक कारवाहीको लागि राजविराज भन्सार कार्यालय तिलाठी पठाइएको सप्तरी प्रहरीले जनाएको छ ।
गस्तीमा खटिएको ईलाका प्रहरी कार्यालय बोदे बरसाईनका प्रहरी नायव निरिक्षक अरुणकुमार सिंह नेतृत्वको टोलीले बोदे बरसाईन नगरपालिका वडा न.–६ खमगडा मलहनियाँबाट लाखौंको अबैध सामग्री सहित भारतीय नागरिकलाई पक्राउ गरेको हो ।