राजविराज ११ कार्तिक । प्रदेश नं. २ का सामाजिक विकास मन्त्री नवल किशोर साह “रामबाबु” अहिले सप्तरीको राजविराजमा आयोजित एक कार्यक्रममा सहभागी भएका छन् ।
मधेश इन्जिनियर्स एशोसिएशनद्वारा राजविराजमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री साह सहित दर्जनौं नेता तथा विशिष्ठ व्यक्तिहरुको सहभागीता रहेको छ ।
सामाजिक विकास मन्त्री साहले मधेशकाे अधिकार सुनिश्चित नभएसम्म मधेशि जनताले सङघियता महशुस नगर्ने बताउनुभएको छ । मधेश इन्जिनियर्स एशाेसिएशन द्वारा वडा दशैं ,शुभ दिपावलि तथा छठ पर्वकाे अवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथिकाे आसन्नबाट बाेल्नुहुदै उहाले साे कुरा बताउनुभएको हाे ।
उहाले मधेशि जनताकाे जब सम्म सेना ,प्रहरी तथा सरकारि जागिरमा आधा हिस्सा नभेटेसम्म मधेशिकाे अधिकार सुनिश्चितता नहुने जिकिर गनुृभयाे । मन्त्री साहले मधेशकाे समग्र विकासका लागि सम्पूर्ण मधेशि इन्जिनियरहरुलाइ एक ढिक्का हुनुपनेृमा जाेड दिनुहुदे उहाले सङठन बिना मुलुकमा काेहि पनि राजा हुन नसकिने स्पष्ट पानुृभयाे ।उहाले मधेशि जनताकाे साेचमा परिवतृन नभए सम्म मधेशिकाे हक अधिकार पूरा नहुने बताउनुहुदे उहाले समाज निमाृणमा मधेशि इन्जिनियरहरुकाे अहम भुमिका निवाृह गरिरहेकाे बताउनुभयाे । एक अकाेृ प्रसङणमा मन्त्रि साहले सप्तरी जिल्लाकाे समग्र विकासका लागि प्रदेश सरकार सदेव तत्पर रहने प्रतिबद्धता समेत ब्यक्त गनुृभयाे ।
मधेशि इन्जिनियसृ एशाेसिएशनका केन्द्रीय अध्यक्ष इ.सन्जिव नारायण यादवकाे अध्यक्ष्ता तथा नेत्र बिक्रम साहकाे विशिष्ट आतिथ्यमा आयाेजित शुभकामना आदान प्रदान कार्यक्रममा प्रदेश सांसद मनिष कुमार सुमन , बिकेश्वर यादव बिक्कि , शहरि विकासका इ.सचितानन्द देव ,बाेदे बसाइन नगरपालिकाका मेयर आतेश सिह यादव , तिलाठि काेइलाडि गाउपालिकाका अध्यक्ष सतिश कुमार सिह , राजविराज नगरपालिका मेयर शम्भु यादव ,समाजसेवि इ.सुर्य नारायण यादव ,एशाेसिएशनका तिर्थ नारायण दास लगायतका वक्ताहरुले आ आफनाे शुभकामना मन्तव्य ब्यक्त गनुृभएकाे थियाे ।