शुभ नारायण यादव सप्तरी,६ चैत ।
सप्तरीको कंचनुरुप नगरपालिका वडा न.–११ स्थित पुर्व पश्चिम लोकमार्गमा ट्याक्टरलाई पछाडीबाट ठक्कर दिँदा ट्याक्टर चालक जलिल मियाँ मन्सुरीको उपचारको क्रममा गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज सप्तरीमा मृत्यु भएको छ । पुर्व पश्चिम लोकमार्गमा पुर्वबाट पश्चित तर्फ जादै गरेको ना.६ ख.३४२५ नम्बरको ट्रकले सोही दिशाबाट जादै गरेको ना.६ त.६१९९ नम्बरको ट्याक्टरलाई पछाडीबाट ठक्कर दिँदा ट्याक्टर चालक जिल्ला बारा दक्षीण झिटकैया वडा न.०८ बस्ने बर्ष ३५ को जलिल मियाँ मन्सुरी घाईते भई उपचारको क्रममा गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज सप्तरीमा मृत्यु भएको हुन । ना.६ ख.३४२५ नम्बरको ट्रक प्रहरीको नियन्त्रणमा र ट्रक चालक फरार रहेको तथा खोजतलास कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्र.ना.उ.माधव प्रसाद काफ्लेले जनाएको छ ।
यता मृतकको कानुन बमोजिम लास जाँच मुचुल्का कार्य भई पोष्ट मार्टमको लागी सोही अस्पतालमा रहेको प्रहरीबाट थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।