शुभ नारायण यादव सप्तरी ,६ चै त सप्तरी ।
निस्वार्थ भावले समाजकाे सेवा गर्दै अाएका धर्मी हल्फा महिला विकास क्लव सप्तरीद्वारा आगलागिबाट आहतलाई राहत वितरण गरेकाे छ ।
आगलागिबाट सर्वस्य गुमाई बिच्चलीमा रहेकाे सप्तरीको तिलाठी कोइलाडी गाउपालिका वडा न. -५ बनरझुला गाउका ४ अंग्निपीडित परिवारलाई राहत वितरण गरेका हुन । उनिहरुलाइ राहत स्वरुप प्रत्येक परिवार त्रिपाल,झुल, तन्ना, धोती,साड़ी र भाडाकुडा लगायतका सामाग्रीहरु संस्थाकों तर्फबाट वितरण गरेकाे संस्थाका अध्यक्ष एवम् समाजसेवी ई.सूर्य नारायण यादवले जानकारी दिनुभयो ।खाना पकाउने क्रममा अचानक ग्यासकाे सिलिन्डरबाट अागलागि हुदा छिमेकिहरु नकछैदी खंग, हरिकिसुन खंग, रामचन्द्र खंग र एकल महिला सन्तैषी खंग को घरमा समेत आगलागि हुदा लाखौंको धनमाल क्षति भएको थियाे।
साे राहत वितरणमा प्रहरी चोकी को- बरसाइनको प्रहरी सहायक निरीक्षक रघु नाथ यादव तथा प्रहरी हवलदार सोने लाल यादव नेपाल स्वास्थ्यकर्मी संघकों पुर्व केन्द्रीय सदस्य तथा समाजसेवी श्री नन्दन राय लगायत स्थानीयबासिहरुकाे उपस्थिति रहेकाे थियाे । यस्तै साेहि अग्निपिडित परिवारलाई यसअघि तिलाठि काेइलाडि गाउपालिकाका अध्यक्ष सतिश कुमार सिहले राहत स्वरुप चुरा ,भुजा ,चाउचाउ ,तेल ,नुन अादि खानेकुराहरु समेत उपलब्ध गराएकाे पिडितका परिवारजनले बताएका छन ।