शुभ नारायण यादव,
राजविराज, ०३ चैत ।
कोशी पिडित समाजले सप्तरीको कञ्चनरुप नगरपालिका तथा तिरहुत गाँउपालिकाको विभिन्न वडामा स्वच्छताका लागि व्यवहार परिवर्तन सम्बन्धी तालिमलाई निरन्तरता दिएको छ ।
कोरोनाको जोखिमलाई ध्यानमा राख्दै त्यसबाट जोगिन र सचेतना फेलाउने उदेश्यले विगत १० महिना देखी संचालित संचेतना तालिमलाई संस्थाले निरन्तरता दिएको हो ।
तालिम सञ्चालन भएको कंचनरुपन गरपालिकाको वडा १, २ ,४, ५ ७, ९ र १० तथा तिरहुत गाँउपालिकाको १,२, ३, ४ र ५ नम्वर वडामा स्थानीय गृहणीहरुको उल्लेख्य सहभागिता रहने गरेको तिरहुत गाँउपालिका २ का वडा अध्यक्ष मोह्मद करिम शेखले बताउनु भयो । तालिम बाट प्राप्त ज्ञान व्यवहारमा उतारदै अधि बढेपछि कोरोनाको जोखिम र त्रास बाट मुक्ति मिलेको स्थानीय गृहणी ललिता देवी सदाले बताईन ।
अक्सफामको साझेदारी तथा युकेएड र युनिलिभरको आर्थिक सहयोगमा संचालित स्वछताका लागि व्यवहार परिर्वतन परियोजना अन्तरगर्त उक्त तालिम संचालन भइरहेको आयोजक संस्थाकोशी पिडित समाजका अध्यक्ष देवनरायण यादवले बताउनु भयो ।
तालिमको माध्यमले सिप संगै कोरोना बाट लडन विभिन्न सुरक्षा सामागी्र समेत वितरण गर्दै आएको संस्थाले यो तालिम अझ केहीदिन सम्मजारी रहने जनाएको छ ।