शुभ नारायण यादव,
राजविराज, ०३ चैत्र ।
विश्व शान्ति स्थापनाका लागि सप्तरीको राजगढ गाउपालिका वडा न.४ बेल्हि चपेनामा सोमबारदेखि श्री सिताराम नाम सकिर्तन तथा बिष्णु महायज्ञ शुरु भएको छ । महायज्ञको शुभारम्भ गर्नु भन्दा पहिला झण्डै हजारोको सहभागितामा बृहत् कलश यात्रा निकालिएको श्री सिताराम नाम सकिर्तन एव बिष्णु महायज्ञ समितिका अध्यक्ष गजेन्द्र मण्डलले जानकारी दिनुभयो । चेत्र २ गतेदेखि १२ गतेसम्म नवरात्रि १० दिन सम्म आयोजना हुने सो महायज्ञमा झन्डै १ करोड ५० लाख भन्दा बढि खर्च हुने अनुमान समितिको रहेको छ । सो महायज्ञ नेपालमे पहिलो पटक सप्तरी जिल्लामा हुन गइरहेको तथा विश्व शान्ति स्थापना र प्राकृतिक प्रकोपबाट बचाउन ,जोगिनको लागि आयोजना हुने सो आयोजक समितिका सन्योजक गजेन्द्र मण्डलले जानकारि दिनुभयो ।स्थानियबासिहरुको सहयोगमा १०८ मरवा सहित भव्य महायज्ञ गर्ने तयारिमा रहेको तथा सो महायज्ञमा १०८ मण्डलि आफ्ने गाउमा जिल्लामा २४३ मण्डलि रहने आयोजकले जनाएको छ । गाउबासिहरुले आफुखुशि आर्थिक सहयोग दिन तयार रहेको तथा सो महायज्ञमा २५ सय मण्डलि रहने आयोजकले जनाएको छ । साथे सो महायज्ञबाट आएको आम्दानिलाइ रामजानकि मन्दिरलाई सरक्षण सम्बद्धन गर्ने लक्ष्य रहेको तथा उक्त महायज्ञमा सबैलाई आ आफ्नो स्थानबाट सहयोग गर्न अनुरोध समेत सम्पूर्ण जिल्लाबासि र देशबासिहरुमा गरिएको छ । उक्त महायज्ञमा करिब ३–५ सय सम्म युवा स्वयंसेवक समेत परिचालन गर्ने तथा मुल समिति ७५ सदस्यीय रहेको स्थानिय युवा विएन मण्डलले बताउनुभयो । नेपालमै पहिलो पटक ७७ जिल्लामै सप्तरीमा सो बिष्णु महायज्ञ हुन गइरहेको तथा सो महायज्ञलाई सफल पार्नका लागि सबैलाई आ आफ्नो स्थानबाट सहयोग गर्न अनुरोध राजगढ गाउपालिकाका अध्यक्ष परमानन्द यादवले गर्नु भएको छ । यता सो महायज्ञमा नेपाल सहित छिमेकि बिहारबाट समेत हजारो भक्तजनहरु आउने तथा त््यसको सम्पूर्ण तयारि पूरा हुनुका साथे महायज्ञ अवधि भरिमा महायज्ञ स्थलका साथे सो वडाभरिमा मदिरा तथा मदिरा जन्य नशालु पदार्थ र माछा मासुमा समेत रोक लगाएको मेला समितिका अध्यक्ष मण्डलले जानकारी दिनुभयो । यस्तै महायज्ञ अवधिभरि व्यापक मात्रामा सुरक्षा व्यवस्था समेत कडा पारिएको मेला समितिले जनाएको छ । यसेगरि महायज्ञलाई सफल पार्नका लागि झुला ,मोतका कुवा ,रासलिला ,रामायण पाठ ,कथा ,पुरान ,सास्कृतिक कार्यक्रम लगायतका विभिन्न कार्यक्रमहरु समेत सन्चालन हुने आयोजक समितिका सयोजक मण्डलले जानकारी दिनुभयो । नेपालमे पहिलो पटक जगतनन्दन दास पगला बाबाको विशेष पहलमा सो बिष्णु महायज्ञ सन्चालन हुने भएकाले महायज्ञको उदघाटन चेत्र २ गते सोमबार बिहान गाउबासि हजारोको सहभागितामा बृहत् कलश यात्रा निकाल्ने तथा मुतनि नदिमा जल रिसार गरिएको तथा मङगलवारदेखि विधि पुर्वृक सो बिष्णु महायज्ञको हवन कुण्ड हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ । यता महायज्ञलाई सफल पार्नका लागि बाहिरबाट आएका भक्तजनहरुका लागि सान्सद बिक्कि यादवको आर्थिक सहयोगमा झन्डै ५० वटा भन्दा बढि शोचालय निर्माण गरिने जनाएको छ । यस्तै महायज्ञलाई सफल पार्नका लागि व्यापक मात्रामा सशस्त्र तथा जनपद प्रहरी परिचालन गर्नुका साथे स्थानिय युवाहरुलाइ समेत परिचालन गरिएको मेला समितिका सल्लाहकार ओम प्रकाश् मण्डलले जानकारी दिनुभयो । यो पनि हेर्नुहोस https://youtu.be/pRIcBEXCliE