शुभ नारायण यादव,
राजविराज, ०३ चैत्र । समाजमा हुने कुने पनि हिन्सा तथा हिन्सा जन्य कार्य हुन नदिने लगायतका विभिन्न १० बुदे प्रतिबद्धता एक कार्यक्रमका सहभागिहरुले जनाएका छन । सप्तरीको छिन्नमस्ता गाउपालिकामा हिजो अायाेजित समग्र लैङ्गिक उतरदायि तथा जवाफदेहि , न्यायमा पहुच सुदृढीकरण सम्बन्धि समुदाय प्रहरी सम्वाद कार्यक्रम सहज प्रियाेजना कार्यक्रममा सहभागिहरुले यस्ताे प्रतिबद्धता जनाएका हुन । कार्यक्रममा सहभागिहरुले समाजमा हुने हिसा वा अपराधका घटनामा मौन न बस्ने तथा तत्कालै प्रहरीलाई खवर गर्ने ,अपराध अनुसन्धानकाे क्रममा प्रहरीलाई सम्भव भए सम्म सहयाेग गर्ने ,अाफ्नाे घर परिवार तथा समाजमा शान्ति सु व्यवस्था कायम गर्नका लागि अावश्यक पहल गर्ने लगायतका प्रतिबद्धता ब्यक्त गरेका छन । यस्तै समुदायका समस्या सम्बाेधन गर्नका लागि हरबखत प्रहरी तत्पर रहने , समुदायका सबै ब्यक्तिलाई बिना भेदभाव मैत्रिपुर्ण रुपमा सेवा प्रदान गर्ने लगायतका विभिन्न १० बुदे प्रतिबद्धता जाहेर गरेका छन । यसैगरि समाजमा बढने दहेज प्रथा ,बाल विवाह ,लैङ्गिक हिसा ,झैँ झगडा ,लागू औषध दुरव्यसनि लगायतका घटनाहरु हुन नदिने प्रतिबद्धता ब्यक्त गरेका छन । साे कार्यक्रममा समग्र कार्यक्रम सहज परियाेजनाका सप्तरी सिरहा कार्यक्रम अधिकृत रामभराेसि महताे ,युवा पत्रकार शुभ नारायण यादव , छिन्नमस्ता गाउपालिकाका निमित अधिकृत महेश शर्मा ,वडा न.२ का वडाअध्यक्ष चुनचुन साह , सन्ताेष यादव ,कुलान्नद यादव लगायतकाहरुले अा अाफ्नाे धारणा राख्नु भएको थियाे । उक्त कार्यक्रममा प्रहरी सहित विभिन्न क्षेत्रका तीन दर्जन ब्यक्तिहरुकाे सहभागिता रहेका सामाजिक परिचालक दिनेश शर्माले जानकारी दिनुभयाे ।