शुभ नारायण यादव सप्तरी ,२६ फागुन । सप्तरीको रुपनी गाउँपालिका वडा न. ६ बिरेन्द्र बजारमा अाज भएको सडक दुर्घटनामा परि एक २४ बर्षिय युवककाे घटना स्थलमै मृत्यु भएको छ । साे दुर्घटनामा स्थानीय प्रदीप कुमार सरदाको मृत्यु भएको हो ।
स ८प ६५५२ नम्बरको मोटरसाइकलमा सवार सरदारलाई साँझ साढे सात बजे ट्रकले ठक्कर दिएको स्थानीयले बताएका छ्न । पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको सरदार सवार मोटरसाइकललाई बिपरित दिशाबाट आउदै गरेको ट्रकले ठक्कर हानेर भागेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता ठक्कर दिने स १ त ७५३७ नम्बरको ट्रकलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय रुपनीको नियन्त्रण राखिएको छ ।
घटना स्थलमा प्रहरी पुगेपनी घटनाको बारेमा माथिबुझ्न भन्दै ट्रकको पहिचान खुलाउन चाहेन । यता प्रहरीले घटना बारे थप अावश्क अनुसान्धन कार्य गरिरहेको तथा शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल पठाएको प्रहरीले जनाएको छ ।