शुभ नारायण यादव सप्तरी ,९ कार्तिक । वडा दशैं काे अवसरमा गत विगतका वर्षमा सप्तरीका अधिकाश मंठ मन्दिरहरुमा हजाराेेेै भक्तजनहरुकाे भिड लाग्ने गरेकाे थियाे ,तर यस वर्ष काेराेना महामारिका कारणले भक्तजनहरुकाे सङख्यामा कमि आउनुका साथे सप्तरीको भारदह स्थित कङकालिनि मन्दिरमा राङगाकाे बलिमा समेत कमि आएकाे छ । कोरोना महामारीको बाबजूद कंकालिनी भगबती मंदिर भारदहमा आज महानबमीको अवसरमा २८१ ओटा रंगाको बली प्रदान भएको छ । गत बर्ष ६२५ ओट रंगाको बलि प्रदान भएको थियो । विगत लामाे समयकाे लकडाउन र बन्दा बन्दिका कारणले अधिकांश मंठ मन्दिरहरु बन्द रहेपनि वडा दशेैैंकाे अवधिभरि सप्तरीका मठ मन्दिर निषेधाज्ञा जारि गरेपछि अधिकाश मठ मन्दिर खल्लाे भएको स्थानियहरु बताउछन । काेराेना कहरका कारणले मठ मन्दिर तथा शक्ति पिठहरुमा सर्वसाधारण भक्त जनहरुकाे दर्शन तथा पुजापाठमा गत बर्षकाे तुलनामा यस वर्ष निकै कमि आएकाे मन्दिर समितिले जनाएको छ । विगतका वर्षहरुमा सप्तरीको भारदहकाे कङकालिनि मन्दिरको राङगा बलि हेर्नका लागि सप्तरीका साथै छिमेकि जिल्ला सिरहा, सुनसरि ,माेरङ ,झापा सम्मका भक्त जनहरु आउने गरेका थिए ,तर यस वर्ष काेराेना कहरले भक्तजनका साथे राङगा बलिमा समेत निकै कमि आएको मन्दिर समितिले जनाएको छ । यस्तै सप्तरीको छिन्नमस्ता स्थित सखडेश्वरि मन्दिरमा दशेैैं अवधिमा हजाराेै खसी बाेकाकाे दिनहु बलि प्रदान हुने गरेकाे थियाे ,तर अहिले काेराेना महामारि र स्थानिय प्रशासनले लगाएकाे निषेधाज्ञाका कारणले माताकाे दरवारमा भक्तजनहरुकाे सङ्ख्यामा कमि आउनुका साथेै खसी बाेकाकाे बलिमा समेत कमि आएकाे मन्दिरका पिठाधिश महाकान्त ठाकुरकाे भनाइ रहेकाे छ । विगतमा नेपालका विभिन्न जिल्लाका साथै भारतबाट दिनहु लाखौं भक्तजनहरु माताकाे दर्शन, पुजापाठ र बलि प्रदान गर्न आउने गरेतापनि यस वर्ष काेराेना महामारिले भक्तजनका साथै बाेकाकाे बलिमा समेत कमि आएकाले मन्दिरको आम्दानि घटेकाे पिठाधिश ठाकुरकाे कथन रहेकाे छ । यश वर्ष नवमि तिथि सम्ममा करिब १ हजारकाे हाराहारिमा मात्र खसी बाेकाकाे बलि प्रदान भएको जनाएको छ । यसैगरि नवमिको अवसरमा सप्तरीको राजगढ गाउपालिका स्थित फकिराा ,तिलाठि काेइलाडि गाउपालिका स्थित काेइलाडिमा समेत राङगाकाे बलि प्रदान भएको छ । यस्तै सप्तरीको छिन्नमस्ता गाउपालिका वडा न.१ बरहि बिरपुर र वडा ५ लोखरममा स्थानिय युवा तथा स्थानियबासिहरुकाे सहयाेगमा नव दुर्गा भगवतिकाे मन्दिर /मुर्ति स्थापना गरि भजन किर्तन , विभिन्न नाच गानका साथै सास्कृतिक कार्यक्रमकाे आयाेजना गरि भव्य रुपमा वडा दशै मनाइरहेकाे छ ।