शुभ नारायण यादव
सप्तरी , २६ फागुन । सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका वडा न.–१ जण्डौलमा गएराति पिकअपको ठक्करबाट एक जना पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । पूर्वतर्फ जादै गरेको प्रदेश ३–०१–०२४ च.४२६९ नम्वरको पिकअपले ठक्कर दिँदा सोही गाउँपालिका–१ सिमराका २८ को दिपक चौधरीको मृत्यु भएको हो ।
सोही दिशातर्फ गइरहेको चौधरीलाई पिकअपले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता भुवनेश्वर प्रसाद साहले जानकारी दिनुभयो । शव पोष्टमार्टमको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको जनाएको छ ।
ठक्कर दिने चालक कपिलबस्तुको बाह्रगंगा नगरपालिका–४ का २४ को दिपेन्द्र थापा र पिकअप नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका साहले जानकारी दिनुभयाे। यता साे घटनाबारे थप अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।