शुभ नारायण यादव
राजविराज, २३ फाल्गुन ।
सप्तरीमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएर उपचारार्थ अस्पतालमा भर्ना रहेका एक पूजारीको आईतवार मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको देवाही गोनाही नगरपालिका वडा न.–९ घरहरीका ब्रम्ह देव साह भनिने ६५ वर्षीया रेखा दास रहेका छन् । दास ईटवाल स्थित राम मन्दिरका महन्थ हुन ।
गत शुक्रवार पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका वडा न.–५ तारखोला पुलस्थित बा ४० प २२१५ नम्वरको मोटरसाइकलले ठक्कर दिएपछि दास गम्भीर घाइते भएका थिए । रुपनीस्थित युनिक अस्पतालमा दासको उपचारपछि थप उपचारको लागी विराटनगर स्थित बिराटनर्सिङ अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारकै क्रममा विहान छ बजेट उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एव प्रब्क्ता भुवनेश्वर प्रसाद साहले जानकारी दिनुभयो । यता मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका वडा न.–६ का ३० वर्षीय मो.रमजानी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । साथै घटनाको सम्बन्धमा थप आवश्यक अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।