शुभ नारायण यादव
राजविराज, २० फागुन ।
सप्तरीमा जवरजस्ती करणी मुद्दामा फरार रहेका एकजना आरोपितलाई १ वर्ष पश्चात पक्राउ गरेको छ ।
सप्तरीको खडग नपा ७ कल्याणपुर बस्ने एक यूवकले बलात्कार घटना पश्चात फरार रहेकोले १ वर्ष पश्चात खोज तलास गरी सो यूवकलाई प्रहरीले विहिवार पक्राउ गरिएको हो ।
एक २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा फरार उनलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाएको छ । यता पक्राउ परेका माथि आवश्यक कारवाही प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता प्र.ना.उ भुवनेश्वर प्रसाद साहले जानकारी दिनुभयो ।
आमासँगै जिल्ला प्रहरी कार्यालय पुग्नु भएकी पीडितले दिएको उजूरी जिल्ला प्रहरी कार्यालयले गत माघ ९ गते दर्ता गरेको थियो ।
जिल्लाको खडक नगरपालिका वडा न.–६ स्थित पूर्वपश्चिम राजमार्गमा रहेको आँपका बगैँचामा मिति २०७६ फागुन १० गते आरोपीतले बलात्कार गरेको थियो ।