ईमधेश न्यूज सम्वाददाता,
फाल्गुन,१८ गते,जनकपुरधाम ।
विद्यालयको शैक्षिक गतिविधिमा स्वास्थ्यका लागि सरसफाईले महत्त्वपूर्ण भुमिका खेल्ने कुरा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले वताएका छन । जनकपुरधाममा मंगलवार रतौली युवा क्लव, युनिसेफ र नोरफन्डको संयुक्त आयोजनामा ३ दिने विद्यालय शिक्षक,शिक्षिकाहरुको लागि स्वच्छता सम्वन्धी तालिमको समापन गर्नुहुदै मन्त्री साहले उक्त कुरा वताउनु भएको हो । उहाँले विद्यालयहरुमा स्वच्छता लगायत विद्यार्थीको स्वास्थ्यको हेरचाह गर्न मन्त्रालयले ८० जना विद्यालय नर्स परिचालन गरेको वताए । रतौली युवा क्लवको अध्यक्ष साकिर खानको अध्यक्षता र सामाजिक विकास मन्त्री नवलकिशोर साहको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा स्वच्छतामा योगदान पु¥याउने पत्रकार, शिक्षक,शिक्षिकाहरुको सम्मान पनि गरेको थियोे ।