शुभ नारायण यादव सप्तरी ,७ कात्तिक। सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका ८ बस्ने ६५ वर्षीय पुरुषको विराटनगरस्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । यससँगै सप्तरी जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
जिल्लाको कञ्चनरुप नगरपालिका ८ बस्ने ६५ वर्षीय पुरुषको विराटनगरस्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । नेपाली कांग्रेसका स्थानीय नेता तथा तत्कालीन कञ्चनपुर गाविसका उपाध्यक्ष रहनु भएको उहाँलाई ज्वरो आउने र स्वास फेर्न कठिन हुने लक्षण देखिएपछि गत २५ गते अस्पताल भर्ना गरिएको र २६ गते स्वाब संकलन गरी परीक्षण गर्दा २७ गते रिपोर्ट पोजेटिभ आएको थियो ।लामो समयदेखि चिनी, मुटु, निमोनिया र किड्नी सम्बन्धि रोगको उपचार गराउँदै आउनु भएको उहाँको विराटनगरमै विराट अस्पतालमा मृत्यु भएको खबर आ ज प्राप्त भएको स्वास्थ्य कायाृलय सप्तरीले जनाएको छ ।
सप्तरीमा हिजाे थप दुई महिलासहित दश जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।जिल्ला प्रशासन कार्यालयमा ५१ जनाको गरिएको स्वाब संकलनको रिपोर्ट मध्ये १० जनाको रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।वार्ड नम्बर नखुलेको राजविराजका ५२ वर्षीया महिला, ३१ वर्षीय पुरुष, उमेर नखेलेका पुरुष, जिल्ला प्रशासन कार्यालयका ३० वर्षीय पुरुष कर्मचारी, ३९ र ४६ वर्षीय पुरुष प्रहरी, राजविराज २ का ११ वर्षीया महिला, राजविराज ८ का २८ वर्षीय पुरुष, हनुमाननगर कंकालीनी नगरपालिका १ का ४२ वर्षीय पुरुष, र शम्भुनाथ नगरपालिका ८ का ५५ वर्षीय पुरुष शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
यससँगै सप्तरीमा कुल संक्रमितको संख्या एक हजार ५६२ पुगेको छ । तीमध्ये बिहीबार १८ जनासहित एक हजार २९३ जना निको भएर डिस्चार्ज भएको उहाँले जानकारि दिनुभयाे ।