इमधेश न्यूज सम्वाददाता,
राजविराज १८ फाल्गुन ।
सप्तरीको रुपनी गाउँपालिकामा सोही पालिकाका जनप्रतिनिधिहरुले पालिकामा कार्यरत कार्यरत कर्मचारी सरुवा सम्बन्धमा असन्तुष्टी देखाउँदै ज्ञापन–पत्र बुझाएका छन् ।
गाउँपालिकाका विभिन्न शाखामा कार्यरत रहेका कर्मचारीहरुलाई राजनीतिक दबावमा एकलौटी निर्णय गरी सरुवा गरिएको प्रति असंतुष्टी जताउदै पालिकाका प्रशासकीय अधिकृत देवकी साह समक्ष पालिकाका एक दर्जन जनप्रतिनिधिहरुले सो ज्ञापन–पत्र मंगलवार बुझाएका हुन् ।
ज्ञापन–पत्रमा स्थानीय निकाय संचालन भएदेखि कार्यरत कर्मचारीहरुले कुशलतापु्र्वक सेवा दिदै आएकोमा विना परामर्श राय सल्लाह बमोजिम सरुवा गरेको , र्विाचित वडाअध्यक्षहरुलाई वेवास्ता गर्दै निरकुश अधिनायकवादी चरित्र देखाई आम जनतालाई अनावश्यक दुख दिने नियतले स्थानीय सरकारको मर्म र भावना विरुद्ध कार्य गरेको तथा राजनैतिक पुर्वाग्राही भावनाले अन्य राजनैतिक ब्यक्तिको दवावमा पायक पर्ने कर्मचारीलाई आफनो अभिष्ट पुरा गर्न नेपाल सरकार र स्थानीय सरकारको निति ,नियम ,मर्मलाई वेवास्ता गर्दै गाउँपालिकाले भत्ताभङ्ग गर्न खोजेको उल्लेख गरिएको छ ।
रुपनी गाउँपालिका वडा न. ३ का वडाअध्यक्ष अमर मुखिया , ४ का वडाअध्यक्ष छेदी इसर, ५ का वडाअध्यक्ष जगदिश दास, ६ का वडाअध्यक्ष बद्री नारायण चौधरी ,कार्यपालिका सदस्यहरु ज्ञानेन्द्र प्रसाद ईसर, सिता देवी साह, भुपिया देवी खंग, देवकी देवी, रामकुमारी सदा र लिला देवी साह लगायतले संयुक्त रुपमा हस्ताक्षर गरी बुझाईएको ज्ञापन पत्रमा यदि यि जायज माँगहरु सात दिन भित्रमा पुरा नभएको खण्डमा गाउँपालिका विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन । उक्त ज्ञापन पत्र जिल्ला समन्वय समिति तथा जिल्ला प्रशासन कार्यालय सप्तरीलाई समेत बोधार्थ गरीएको छ ।