शुभ नारायण यादव,
राजविराज, १६ फाल्गुन ।
सप्तरीमा कोशी नदीको बगरमा एक बेवारिसे शव फेला परेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नपा १४ डलवा स्थित कोशी नदीको बगर क्षेत्रमा अन्दाजी ३०।३५ वर्षीय पुरुष्को वेवारिसे अवस्थामा शव फेला परेको छ ।
शवको पहिचान (सनाखत) हुन नसकेको सो शव पानीबाट बगेर बगरमा आएको हुन सक्ने इलाका प्रहरी कार्यालय हनुमाननगरमा प्रमुख प्र.ना.नि. सन्जय न्यूपानेको भनाई छ ।
मृतकको पहिचान हुन नसकेपनि उनको मानसिक सन्तुलन ठिक नरहेको तथा उनको साथबाट एउटा आइडि कार्ड समेत फेला परेको तथा सो घटनाको सम्बन्धमा आवश्यक थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । यता सो मृतकको शव नेपाल तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले उदार गरी शवलाइ पोष्टमार्टमका लागि राजविराज स्थित गजेन्द्रनारायण सिह अंचल अस्पतालमा पठाएको तथा घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।