शुभ नारायण यादव सप्तरी ,१४ फागुन ।
प्रतिनिधिसभा बिघटनको असंबैधानिक कदम बिरुद्धको आन्दोलनमा सहयोग गर्ने सबैप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सप्तरीले धन्यवाद तथा आभार व्यक्त गरेको छ । नेकपा सप्तरीका इञ्चार्ज रामप्रित पासवान, जिल्ला अध्यक्ष उमेश कुमार यादव र सचिव गोबिन्द न्यौपानेले शुक्रवार संयुक्त प्रेस बिज्ञप्ती जारी गर्दै संसद बिघटन गर्ने असंबैधानिक कदम बिरुद्धको आन्दोलनमा आ–आफ्नो ठाउँबाट भुमिका निर्वाह गर्ने राजनैतिक दल, नागरिक समाज पत्रकार, बुद्धिजीवी, श्रमजिवी, व्यापारी, किसान, महिला लगायत सम्पुर्ण सप्तरीबासीलाई धन्याद, बधाई तथा आभार व्यक्त गरेका छन् । यस्तै बिज्ञप्तीमा तत्कालिन राज्यसत्ताको बिरुद्धमा भएको बिद्रोहमा शहिद भएकाहरुको स्मृतिमा फागुन १४ गतेदेखि २१ गतेसम्म शहिद स्मृति दिवस मनाउन सम्पुर्ण पार्टी पंक्ति र मातहतका कमिटीहरुलाई निर्देशन समेत दिएको छ । नेपाली कम्युनिष्ट आन्दोलनलाई उँचाईमामा पु¥याउने क्रममा भएको झापा आन्दोलनमा पक्राउ परेकाहरुलाई जेल सार्ने बाहानामा तत्कालिन सरकारले २०२९ साल फागुन २१ गते सुखानीको जंगलमा रामनाथ ढकाल, नेत्र घिमिरे, विरेन सिंह राजवंशी, कृष्ण कुै्रकैस र नारायण श्रेष्ठ र जनयुद्धका क्रममा २०५२ साल फागुन १४ गते गोर्खामा दिलबहादुर रम्तेलको तत्कालिन सरकारले गोली हानी हत्या गरेको उल्लेख छ ।