नबिन यादव,
राजविराज, १३ फाल्गुन ।
सामुदायिक विद्यालयमा शिक्षकहरुको ब्यापक लापर्वाहीले गर्दा अभिभावकहरुको अनुरोधमा सप्तरीको बभनगामा कट्टी स्थित रहेको बहुमुखी क्याम्पसमा विहिवार दिउँसो १ बजेतिर टिफिनको बेलामा रिर्पोटिङ्ग गर्न पुग्दा क्याम्पस परिसरमा शिक्षक, शिक्षिका तथा कर्मचारीहरुको ब्यापक लापर्वाही देखा परेको छ ।
जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका स्थिति बल्भ नरसिंह बहुमुखी क्याम्पस बभनगामाकट्टीमा कार्यरत कर्मचारीहरुबाट चरम लापरबाही तथा दुष्प्रवृतीहरु देखा परेका हुन ।
१०+२ बिभागको लेखा तर्फको कार्यालयमा प्रवेश गर्दा कर्मचारी शैलहेश सिंह सुतिरहेको अवस्थामा देखे । बिद्यालयको पठनपाठन समयमा यस्तो अवस्था देखा पर्नुले सहजै कर्मचारीहरु विद्यार्थीको भविष्य प्रती कति उत्तरदायी छन भन्ने बुझ्न सकिन्छ । यसैगरी हामीले अर्को ब्लक तर्फ जादा त्यहा खाजा खुवाउने तरखरमा थियो । सो बिद्यालयमा करिब १० वर्ष देखी कार्यरत परिचर भुषन सिंह संग कुरा गर्दा उहाँ दिउँसै रक्सीको नाशामा रहेको पाइयो । त्यसपछि हामी बिद्यालय प्रशासन समक्ष ती दुष्प्रवृतीहरुबारे कमप्लेन गर्दा कार्यरत शिक्षक मनोज यादवले प्रधानाध्यापक नरहेकोले आएपछि जानकारी गराउने प्रतिबद्धता व्यक्त गरे ।
दिनानुदिन सामुदायिक बिद्यालयमा बढिरहेको यस्ता लापरबाही र दुष्प्रवृतीले गर्दा विद्यार्थीको भविष्य तथा उनीहरुको संस्कारमा पर्न सक्ने प्रभावबारे सोच्न आवश्यक देखिन्छ । नागरिकले तिरेको करबाट तलबभत्ता खाएर यस्तो लापरबाही गर्नेलाइ कार्वाही गरि मात्र सुधार हुनेछ ।