शुभ नारायण यादव,
राजविराज, १३ फागुन ।
विहिवार प्रेस संगठन सप्तरीको आयोजनामा दोश्रो जिल्ला भेला एक कार्यक्रम विच सम्पन्न भएको हो ।
प्रदेश ईन्चार्ज प्रकाश खतिवडाले प्रेस संगठनको केन्द्रिय परिपत्र माथि प्रकाश पार्दै अगामी भेलामा पत्रकार संगठनले खेल्नु पर्ने भुमिका वारे धारणा राख्नु भयो ।
भेलामा नेकपा सप्तरीका नवनियुक्त जिल्ला अध्यक्ष उमेश कुमार यादवले अगामी दिनमा भएको कमी कमजोरीलाई आत्मसाथ गरेर अगाडी वढने प्रतिवधता जाहिर गर्नुभयो ।
उनले आफुवाट हुने गरेको कमी कमजोरीलाई समयमै र प्रत्यक्ष रुपले वताइदिन आग्रह समेत गरे ।
त्यसैगरी जिल्ला सचिव तथा प्रदेश सांसद गोविन्द न्योपानेले नेकपाको विचार धारालाई आत्मसाथ गरेर जानुपर्ने सञ्चारकर्मीलाई आग्रह गरे ।
नेकपाा प्रदेश सदस्य महेश प्रसाद यादवले पत्रकारहरुमाथि हुनेगरेको विभेदलाई गम्भिरता का साथ पार्टीले लिन्नु पर्ने वताए । पार्टीको अग्रमोर्चाामा रहेकोले पार्टीले पनि उनिहरुको पेशागत हकहितको लागि पार्टीका नेतृत्व तहले ध्यान दिनुपर्ने वताए ।
यसैगरी वरिष्ठ पत्रकार अनिल कुमार अनलले विगतमा पार्टीले पत्रकारहरुलाई अवमुल्यन गरेकोले अगामी दिनमा कदर गर्नु पर्ने सुझाव दिएका थिए ।
संचार कर्मीहरुको कामलाई प्रसंसा नगरीएकोले अगामी दिनहरुमा विशेष ्र्रध्यान पुर्याउन खवरदारी गर्नुपर्ने सुझाव दिए ।
यसै गरी प्रेस संगठनका केन्द्रिय कार्यालय सदस्य देवराम यादवले नेपाल पत्रकार महासंघको अगामी आसन्न निर्वाचनमा रणनीति निर्माण गरेर कार्य समितिमा संगठनका वढि भन्दा वढि उपस्थिति वनाउन सवै तहवाट सहयोग पुर्याउन आग्रह गरे ।
यसै गरी वरिष्ठ पत्रकार सुरेन्द्र प्रसाद गुप्ता, संचारकर्मी सतिस दत लगायतका वक्ताहरुले आआफना धारणाा राखेका थिए ।
जिल्ला भेल्ला संगठनको संयोजक गोपाल प्रसाद गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम संचालन दिनानाथ यादवले गरेको थियो ।
प्रेस संगठनको अगामी फागुन १६ गते हुने प्रदेश भेलामा सप्तरीवाट २१ जनाको सहभागी रहने संगठनका संयोजक गुप्ताले वताएका छन ।