शुभ नारायण यादव .
सप्तरी ६ कार्तिक ।
सप्तरीमा आज थप दुई महिलासहित दश जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
वार्ड नम्बर नखुलेको राजविराजका ५२ वर्षीया महिला, ३१ वर्षीय पुरुष, उमेर नखेलेका पुरुष, जिल्ला प्रशासन कार्यालयका ३० वर्षीय पुरुष कर्मचारी, ३९ र ४६ वर्षीय पुरुष प्रहरी, राजविराज २ का ११ वर्षीया महिला, राजविराज नगरपालिका वडा न. ८ का २८ वर्षीय पुरुष, हनुमाननगर कंकालीनी नगरपालिका १ का ४२ वर्षीय पुरुष, र शम्भुनाथ नगरपालिका ८ का ५५ वर्षीय पुरुष शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयमा ५१ जनाको गरिएको स्वाब संकलनको रिपोर्ट मध्ये १० जनाको रिपोर्टमा पोजेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
यससँगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार ५६२ पुगेको छ । तीमध्ये अज १८ जनासहित एक हजार २९३ जना निको भएर गएको स्वास्थ्य कायाृलय सप्तरीले जनाएको छ ।