शुभ नारायण यादव
सप्तरी,९ फागुन ।
नेपाली कांग्रेसका बरिष्ठ नेता राम रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली कुर्सी बचाउने लोभमा होईन कुर्सी छोडेर आन्दोलनमा आउँन चुनौती दिएका छन । सप्तरीको राजविराजमा आईतवार नेकाँको पार्टी कार्यालयमा मधेश सम्मान यात्राको अवसरमा नेपाल प्रेस युनियन सप्तरी शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन । आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले संसद् पुनर्स्थापनाको मुद्दा हेरिरहेको सर्वोच्च अदालतलाई प्रधानमन्त्री केपी शर्मा ओलीले धम्की दिदे आफ्नो पक्षमा निर्णय गराउन दबाब दिएको बताउनु भयो ।
उनले प्रधानमन्त्री ओलीलाई आन्दोलन गर्नु छ भने हामीसँगै आएर आन्दोलन गर्न आग्रह समेत गरेका छन । यसरी नै अस्ति निर्वाचन आयोगलाई सुर्य चिन्ह मलाई दिनु पर्छ धम्की दिएको थियो भने हिजो बिराटनगरमा पनि सर्वोच्च अदालतलाई धम्की पूर्ण शैलीमा मैले गरेको संसद विघटनलाई सर्वोच्चले बदर गर्यो भने हाम्रो समूहले आन्दोलन गर्छु भनेका थिए । संसद् पुनर्स्थापनाको विकल्प नभएको बरिष्ठ नेता पौडेललकोे निष्कर्ष छ । उहाँले, प्रम ओलीले कुनै पनि धारा टेकेर संसद विघटन गरेको छैन । त्यसैले ‘सर्वोच्चले संसदलाई पुर्नस्थापना गर्ने बताउनुभयो ।
पत्रकार सम्मेलनमा नेता पौडेलले आफनो यात्रा सप्तरीको तिलाठी कोईलाडीको बरसाईन ,बनरझुला ,बोदेबसाईन लगायत मधेशको ऐतिहासिक गाउँहरुमा पुगेर पुराना काग्रेसी नेताहरुसँग छलफल तथा अन्तरक्रिया गर्ने उदेश्यले मधेश सम्मान यात्रा सप्तरीबाट शुभारम्भ गरेको बताउनुभयो । उहाँले हुलाकी राजमार्ग भएर मधेशको विभिन्न जिल्लाको यात्रा गर्ने बताउनुभयो । हुलाकी राजमार्ग नेपाली काग्रेसको सरकारकै पालामा नै शुरुवात भएको नेता पौडेलले जिकिर गर्नुभयो । काग्रेस संसद पुर्नस्थापना गर्नमा आफु विश्वस्त रहेको कारण आफुले ठुलो आन्दोलन नगरेको बताउनुभयो । नेपाली काग्रेस ७७ जिल्ला र वडा स्तरसम्ममा विभिन्न चरणको आन्दोलन गरीसकेको समेत बताउनुभयो । नेपाली काग्रेसका जिल्ला सभापति दिनेश कुमार यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा काग्रेसका केन्द्रिय सदस्य कमला पन्त लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।