शुभ नारायण यादव,
राजविराज, ०८ फागुन ।
सप्तरी प्रहरीले बलान खोलाको पुलवाट अबैध समान सहित मानिसलाई शनिवार पक्राउ गरेको छ ।
सप्तरीको सुरुङगा न.पा. वडा नं.४ स्थित पुर्ब पश्चिम राजमार्ग अन्तर्गत बलान खोलाको पुलमा गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कडरवोनावाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सो पक्राउ गरिएका हुन ।
भारत बाट नेपाल तर्फ भंसार छलेर तिन वटा मोटरसाईकलमा सामानहरु ल्याईरहेको अबस्थामा उनीहरुलाई प्रहरील रोकेर चेकजाँच गर्ने क्रममा बीआर०७सी७०२७ नम्बरको मोटरसाईकल र बीआर५५एच २२३५ नम्बरको मोटरसाईकलमा सबार दुई जना मानिसले सोही ठाउँमा सामानहरु छाडी फरार भएका छन् । यता बा.२५.प ५८३० नम्बरको मोटरसाइलमा सबार चालक सप्तरी जिल्लाको सुरुङगा न.पा वडा नं.४ का ४२ बर्षिय राम अवतार यादव र सिरहा भगवानपुर गा.पा वडा नं.४ का २३ बर्षिय मो.नसिरुदिनलाई प्रहरीले नियन्त्रणमा लिएको जि.प्र.का. सप्तरीले जनाएको छ । प्रहरीले दुबै जनालाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्र.ना.उ. भुवनेश्वर साहले जानकारी गराएको छ । पक्राउ गरिएका साथवाट ट्रयाक सुट पाईन्ट २६५ पिस, भेष्ट २४२ पिस,हाफ पाईन्ट १३४,. बीआर०७सी ७०२७ नम्बरको मोटरसाईकल र बीआर५५एच२२३५ नम्बरको मोटरसाइकल र बा.२५.प ५८३० नम्बरको मोटरसाइल समेत बरामद गरेका प्रहरीले जनाएको छ ।