शुभ नारायण यादव सप्तरी ,६ फाल्गुन । सप्तरीमा मोटरसाईकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । सप्तरीको बोदे बर्साईन नगरपालिका वडा न. ७ हैठीमा आज दिउसाे स.११ प ४६४३ नम्वरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुदाँ मोटरसाइकल चालक जिल्लाकै खडक नगरपालिका वडा न.९ लालपटी बस्ने ३१ वर्षीय मोहमद लियाकत अलीकाे मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । साे दुघृटनामा घाइते अलिकाे स्थानीय जीवनदिप हस्पिटलमा उपचार लागि लैजादै गर्दा बिच बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बोदे बर्साईनले जनाएकाे छ । यता साे घटनाको सम्बन्धमा थप आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।