शुभ नारायण यादव,
राजविराज ०५ फाल्गुन ।
छिन्नमस्ता अस्पतालले छैठो चरणको निःशुल्क स्वस्थ्य शिविर संचालन गरेको छ ।
सप्तरीको राजविराज स्थित छिन्नमस्ता अस्पताल तथा लायन्स क्लबको संयूक्त आयोजना र वडा कार्यालयको सहकार्यमा सप्तरीको सप्तकोशी नगरपालिका वडा न.–१० भगनी मलेठ स्थित जनता माध्यमिक बिद्यालयमा हिजो निःशुल्क स्वास्थ्य शिविर सप्पन्न भएको हो ।
वडा नं १० का वडाअध्यक्ष उचित चौधरीको अध्यक्ष्यता तथा पुर्व खेलकुद मन्त्रि सत्यनारायण मंडलको प्रमुख आतिथ्यमा आयोजित सो शिबिरमा सप्तकोशि नगरपालिकाका प्रमुख उतम शर्मा, उप प्रमुख आशा चौधरी र प्रधानाध्यापक रामदेव चौधरी लगायतकाहरुको उपस्थिति रहेको थियो ।
उक्त एक दिने स्वास्थ्य शिविरमा छिन्नमस्ता अस्पतालका बाल रोगको बिशेषज्ञ डाक्टर राजन जैसवाल ( एमेस होस्पिटल दिल्ली बाट) , डाक्टर इन्द्र भुषन मंडल (फिजिथेरापिष्ट), डाक्टर रूपैश यादव (सर्जन),स्वास्थ्य कर्मी बिमला पसवान, हेमु देब, किरन यादव, नबिन यादब, चांन्दनी यादव,अनिता देव,कुन्जीलाल लगायत छिन्नमस्ता अस्पतालका प्रशासन कार्यालयबाट संतोष यादव सहभागी भएर नि ःशुल्क समान्य स्वास्थ्य परिक्षण गरिएको थियो ।
यस्तै सो स्वास्थ्य शिविरमा दुई सय ३४ जना मध्ये एक सय १४ जना महिला तथा एक सय २० जना पुरुषको सामान्य स्वास्थ्य परिक्षण गरिएको अस्पताल प्रशासनले जनाएको छ ।