शुभ नारायण यादव,
राजविराज, ०५ फाल्गुन ।
आफ्नै घरको छानाबाट लडेर एक बालकको बुधवार मृत्यू भएको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका १० बनौला बस्ने खुशीलाल मंडलको दुई बर्षीय छोरा दिपक मण्डलको मृत्यू भएको हो ।
घरको छतमाथि खेल्ने क्रममा शारीरिक सन्तुलन विग्रिएपछि लडन जाँदा गम्भिर घाईते भएका बालकलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्ताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्र.ना.उ एव प्रबक्ता भुवनेश्वर साहले जानकारी दिनुभयो । यता मृतक बालकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।