शुभ नारायण यादव
राजविराज, ०३ फाल्गुन ।
सप्तरीमा बहुविवाह मुद्दाका एकजना अभियूक्त सोमवार पक्राउ परेका छन् ।
जेठी पत्निको जाहेरीको आधारमा सप्तरी जिल्ला अदालतको इजलासले कैद र जरिवाना सहितको निर्णय फैसला द्वारा कैद भएको फरार सो ब्यक्ति पक्राउ परेका हुन् ।
पक्राउ गरिएका सो अभियूक्त सप्तरीको सुरङ्गा नगरपालिका ७ का २९ बर्षिय उमेश चौधरी रहेको छ । उनलाई इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको हो ।
चौधरीकी जेठी पत्नी २१ वर्षीया पुनिता चौधरीले बहुविवाहको जाहेरी दिएकी थिइन् । जाहेरी दर्तापछि २०७६ साल भदौ ५ गते उमेशलाई प्रहरीले पक्राउ गर्दा जिल्ला अदालतले २०७६ साल भदौ ३० गते जिल्ला अदालतको आदेशले तत्काल रु ५० हजार धरौटि बुझाएर रिहा भएका थिए ।
सोही मुद्दामा जिल्ला अदालतले २०७६ साल पुस ८ गते ५ हजार जरिवाना र ११ महिना १२ दिन कैद हुने आदेश दिएको थियो । यो आदेशपछि फरार भएका उमेशलाई पक्राउ गरी जिल्ला अदालतमा दाखिला गराएर कैद भुक्तानका लागि राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता भुवनेश्वर साहले जानकारी दिनुभयो ।