शुभ नारायण यादव,
राजविराज, ३० माघ ।
सप्तरीमा सडक दुर्घटना न्यूनिकरणका लागि सुरक्षा चेक जाँचमा कडाई गरिएका छनन् ।
सडक सुरक्षा चेक जाँच अवधारणा (आर.एस.सी.सी.) अन्तर्गत सप्तरीको पश्चिमी ट्राफिक पोष्ट कदमाहा चेक जाँच पोष्टमा सो चेक जाँच कडाई गरिएको हो । चेक जाँचमा कडाई गरेपछि राजस्व संकलनमा समेत बृद्धि भएको छ ।
सप्तरीको पूर्वि सिमाना भारदह तथा पश्चिमी सिमाना कदमाहा अस्थाई ट्राफिक प्रहरी पोष्ट तथा जिल्ला ट्राफिक कार्यालय शम्भुनाथ लक्षित गरी ल्याइएको अवधारणाले सडक दुर्घटनामा कमी ल्याउनुको साथसाथै राजस्व संकलनमा समेत सहयोग गरेको छ । आरएससीसीले गर्दा नै यस जिल्लामा करिब ९० प्रतिशत सवारी साधनका कागज पत्रहरु दुरुस्त हुने गरेको पाइएको छ । सडक दुर्घटना दिनप्रति दिन बढदै गएकाले त्यसलाई केहि हदसम्म न्यूकिरणन गर्न यो अवधारणा ल्याइएको हो ।
बढ्दो सवारी दुर्घटनालाई न्यूनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथ सप्तरीले सवारी सुरक्षा चेक जाँचलाई कडाई गरिएको छ । “सवारी चालकको स्वास्थ परिक्षण गरौ, सवारी चलाउ र आफनो गन्तव्य स्थान सम्म पुगौ , मादक पदार्थ सेवन गरी सवारी नचलाउ आफु पनि बचौ अरुलाई पनि बचाउँ” भन्ने मुल नाराका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथ सप्तरीले सवारी चालकहरुको स्वास्थ परिक्षण, सर्वसधारणलाई सचेतना मुलक पर्चा पम्पलेट वितरण, पैदल यात्रुहरुसंग अन्तरक्रिया कार्यक्रम, अव्यवस्थित पार्किङ हटाउने काम, सार्वजनिक सवारी रिर्जभमा रहेका सवारीको अनुगमन तथा सवारीको मेकानिकल जाँच लगायतको कार्यलाई समेत तिब्रता दिएको छ ।
सडक दुर्घटना बढदै जान थालेपछि जिल्ला ट्राफिक कार्यालय सप्तरीले दुर्घटना न्यूनिकरण तथा नियन्त्रणका लागि सडकमा विभिन्न किसिमिका चेकजाँचदेखि लिएर बिधालय कलेजसम्म ट्राफिक नियम सम्बन्धी जनचेतना मूलक कार्यक्रमहरु चलाई रहेका छन् ।
सडक पुरानै छ, सवारी साधनको चाप दिनानुदिन बढदै ,ओभर टेकका साथै मादक पदार्थ सेवन गरेका लगायतका विभिन्न समस्याले सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढदै गएको ट्राफिक प्रहरी शम्भुनाथले जनाएको छ । सवारी दुर्घटना हुने प्रमुख कारणहरुमा चालकको लापरबाही, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनु, सडक सेन्टरको अभाव, मौसमको खराबी, ओभरटेक, ट्राफिक नियमको उल्घन तथा ट्राफिक नियममा चेतनाको अभाव, क्षमता भन्दा बढि यात्रु बोक्ने, सडक सांघुरो, सवारी चालक अनुमती पत्र बिना सवारी चलाउनु दुर्घटनाको प्रमुख कारण रहेको अस्थाई ट्राफिक प्रहरी पोष्ट कदमाहाक जनाएका छन् । ट्राफिक जनशतिm अपुग भएर सबै ठाँउमा ट्राफिक पोष्ट नभएपनि सरप्राइज चेकिङ, जेब्राक्रसिङ्ग निमार्ण, सवारी चालकहरुको स्वास्थ परिक्षण, बिधालय सम्र्पक कार्यक्रम, सामुदायिक प्रहरी साझेदारी कार्यक्रम गरी सडक दुर्घटना न्यूनिकरणका लागि लगातार प्रयास गरिरहेको छ ।