शुभ नारायण यादव,
राजविराज, २९ माघ ।
सप्तरीको रम्पुरा मल्हनीया स्थित विहारको कुनौली सिमा नाका क्षेत्रमा कुनौलीबाट सर्वसाधारण जनताहरु समान्य समानहरु खरिद गरी भित्रियाउँदा शसस्त्र प्रहरी बल द्वारा समानहरु भित्रियाए वापत रुपैया असुल पार्ने तथा व्यापारीहरुसँग साँठगाँठ गरी अबैध समानहरु समेतको छुट दिने विरुद्ध स्थानीयहरु द्वारा विरोध प्रदर्शन भएको छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टका सशस्त्र प्रहरी निरिक्षक बिरुद्ध बिहिवार स्थानीयबासीहरु द्वारा सो बृहत् प्रदर्शन गरेका हुन । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा न.१४ रम्पुरा मल्हनियाका वडाअध्यक्ष सत्यनारायण यादवको नेतृत्वमा हजारौको संख्यामा स्थानीयबासीहरुले सशस्त्र प्रहरी निरिक्षक सुशील केसीको सरुवाको माँग गर्दै नारावाजी गरेका छन । तिलाठी स्थित सशस्त्र प्रहरी निरिक्षक केसीले सिमामा चोरी तस्करी फष्टाउनुका साथै सर्वसाधारण जनताहरुलाइ दुख दिने कार्य गरेको भन्दै आर्काेशित स्थानीयबासिहरुले सशस्त्र प्रहरी बिरुद्ध प्रदर्शन गरेको वडाअध्यक्ष यादवले जानकारी दिनुभयो । यता पछिल्लो दुई दिन अगाडि आफुले एक जना स्थानिय सर्वसाधारणको छोरीको बिवाहका लागि समानहरु ल्याउनका लागि सिफारिस गरेको तथा सो सिफारिस सशस्त्र प्रहरीले च्यात्तिएको भन्दै सोको बिरुद्ध आन्दोलन गरेको वडाअध्यक्ष यादवले बताउनुभयो । यस्तै पछिल्लो पटक सो नाकामा सिमा सुरक्षा दिने सशस्त्र प्रहरीले तस्करी फष्टाएको भन्दै स्थानियबासीहरुले बृहत् प्रदर्शन गर्नुका साथै सशस्त्र प्रहरी निरिक्षक केसीको सरुवाको समेत माँग गरेका छन । यस्तै सशस्त्र प्रहरीले यस्तो कार्य नरोकेको खण्डमा अझै कडा आन्दोलन गर्ने चेतावनी स्थानिय सुर्य नारायण यादवले बताए । यसैगरी पछिल्लोपटक सशस्त्र प्रहरीले अवैध समान पक्राउ गरेपछि बिना कारणले अटो समातेर बुझाउने कार्य गरिरहेको आरोप अटो चालक उमेश कुमार यादवले आरोप लगाएका छन । यदि सशस्त्र प्रहरीले यस्तो गैर कार्य नरोकेको खण्डमा आफु अटो चालकहरुले पनि सशस्त्र प्रहरी बिरुद्ध कडा आन्दोलन गर्ने चेताबनी अर्का अटो चालक प्रभु यादवले दिएका छन । यता सो सम्बन्धमा सशस्त्र प्रहरीका प्रमुख प्रहरी उपरीक्षक राजु श्रेष्ठले समान्य विवाद भएको स्विकार्दै यो बिषयमा आवश्यक थप कुरा बुझ्ने कार्य भइरहेको बताउनुभयो ।https://youtu.be/p7LYgaLlDEE