शुभ नारायण यादव,
राजविराज, २८ माघ ।
राजगढमा बुधवार भएको आगलागीबाट ४ घर सहित धनमाल डढेर नष्ट भएको छ ।
सप्तरीको राजगढ गाउँपालिका वडा न. ५ स्थित धौनकी टोलमा बुधवार बिहान भएको आगलागीले चार ओटा घर जलेर झन्डै ५ लाखको क्षति भएको हो ।
स्थानिय सहदेव मण्डलको गाईको गोठमा बालिएको घुरबाट अचानक सल्किएको आगोबाट सो मण्डलको गाई गोठका सहित छिमेकीहरु शिवकुमार मण्डल, सुवंश मण्डल र कपलेश्वर मण्डलको एक एक ओटा घर जलेर नष्ट भएको हो । अचानक भएको आगलागीमा परी सहदेवको भैंसी जलेर मरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । शिवकुमारको करिब २५ मन धान समेत जलेर खरानी भएको स्थानीयवासिन्दाले जानकारी दिएका छन् ।
यसै बिच राजविराज नगरपालिकाबाट गएको बारुणयन्त्र प्रहरी र स्थानीयवासिन्दाको सहयोगमा सो आगोलाई नियन्त्रणमा लिएको थियो । यता आगलागीमा परी करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरिएको छ ।