शुभ नारायण यादव,
राजविराज, २७ माघ ।
नेपालमा मजदुर र श्रमिकहरुको पछिल्लो अवस्था दयनिय बन्दै गएको भन्दै हक अधिकारको लागि सदैव तयार रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन । नेपाल गृह श्रमिक ट्रेड युनियनले आज सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा न.५ पातो बजारमा आयोजना गरेको नगर स्तरिय कार्यक्रममा सहभागी मजदुरहरुले सो कुरा बताएका हुन । कार्यक्रममा सहभागीहरुले मजदुर र श्रमिकहरुको पहिचान सहित राज्यबाट पाउनुपर्ने सम्पुर्ण सेवा सुबिधा नपाएको खण्डमा सरकार बिरुद्ध कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन । घर आधारित श्रमिकहरु तथा घरेलु श्रमिकहरुलाई सङगठनमा आवदता गराउने उदेश्यले तथा योग्दानमा आधारित सामाजिक सुरक्षामा समेत सम्मान पहुचका लागि सम्पुर्ण मजदुर र श्रमिकहरुलाइ एक जुट हुनुपर्नेमा जोड समेत दिनुभयो । यसै बिच गायत्री देवि पण्डितको अध्यक्षतामा ७ सदस्यीय नेपाल गृह श्रमिक ट्रेड युनियनको डाक्नेश्वरी नगर कमिटी समेत चयन गरिएको छ । गठित युनियनको उपाध्यक्षमा सुमित्रा भगत ,सचिवमा रोजिना खातुन ,कोषाध्यक्षमा सुशिला भगत र सदस्यहरुमा कविता देवि राम ,सावित्री देवि राम ,रामकुमारी यादव रहेको जिफन्टका सचिव गणेश चोधरीले जानकारी दिनुभयो । यस्तै डाक्नेश्वरी नगरभरीका झन्डै एक सय महिला तथा पुरुषहरुलाइ आत्मनिर्भर बनाउनका लागि सीप मुलक झोल साबुन बनाउने तालिम समेत प्रदान गरेको छ । सोहि तालिममा युनियनका बाग्मती प्रदेशका सचिव तथा प्रशिक्षक लक्ष्मी खडका ,युनियनका महासचिव ज्ञानुमाया क्षेत्री र नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनका देब कार्की लगायतले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्नुका साथै सहजिकरण गरेको जिफन्टका नगर सचिव गणेश चोधरीले जानकारी दिनुभयो ।