लिलाकान्त यादव,
राजविराज,२७ माघ ।
सप्तरीमा दलितहरुका लागि निर्माण गरिएका घरहरुको समाजिक विकास मंत्री नवल किशोर साहले उद्घाटन गर्दै सम्बन्धित ब्यक्तिहरुलाई हस्तान्तरण गरेका छन् ।
सप्तरीको शम्भुनाथ नपा २ स्थित भण्डै १ करोड ८ लाखको लागतमा बनेको ३४ वटा घरहरु मंत्री साहले एक कार्यक्रम बीच उद्घाटन गर्दै सम्बन्धित घर हकवालालाई साँचो सहित हस्तान्तरण गरिएको हो ।
महुली सामुदायिक विकास मंच तथा स्थानीय सरकारको लगानीमा निर्मित सो घरहरुको उद्घाटन समारोह कार्यक्रममा एम सी.डी.सीका अध्यक्ष प्रभु नारायण चौधरी, महुली सामुदायिक विकास मंचका प्रतिनीधिहरु सहभागी रहेको थियो ।
सोही क्रममा सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिका ४ मा नवनिर्मित घरहरुको मंत्री साहले निरिक्षण गर्नु भएको छ ।