शुभ नारायण यादव,
राजविराज, २६ माघ ।
प्रेस काउन्सिल प्रदेश २ को अध्यक्ष पदमा नयाँ नियूक्ति सँगै सप्तरीको प्रेस नेपाल संगठनमा उथलपुथलको स्थिती उत्पन्न भएको छ ।
नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य अवधेश झा र सप्तरीका अध्यक्षको पदमा पालैपालो गरी वर्तमान समितीको २ वर्षै कार्यकाल सफलता पुर्वक सम्पन गरेका रामनाराण विश्वासले पद परित्याग गरेको घोषणा गरेका छन् । उनीहरुले सोमवार सामाजिक सञ्जालमार्फत नेपाल प्रेस युनियनको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन् ।
युनियनमा गुटबन्दी भइरहेको आरोप लगाउँदै उनीहरुले गुटबन्दी स्वीकार्न नसक्ने उल्लेख गरेका छन् । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका झा र पत्रकार महासंघका प्रदेश सचिव तथा जिल्ला अध्यक्ष समेत रहेका विश्वासले सामाजिक सञ्जालमा लेखेका छन्, नेपाल प्रेस युनियनको साधारण सदस्य समेत परित्याग गरेका छन । गुटबन्दी स्वीकार्न सकिँदैन्,अवैधानिक कामलाई काँध थाप्न सकिन्नँ ।’सामाजिक सञ्जालमा उल्लेख गरेका छन ।
उनी दुवै जनाले युनियनमा गुटबन्दी भइरहेको आरोप लगाएका छन् ।
यसैगरी पुर्व केन्द्रीय सदस्य सुमन कुमार मिश्र र प्रदेश पार्षद् रश्मि झाले पनि सोमवार प्रेस युनियनबाट राजिनामा दिएका छन् ।
नेपाल प्रेस युनियन सप्तरीमा रहेको दुई गुट मध्ये एक गुटका सम्पुर्ण सदस्यहरु समेत साधारण सदस्य समेत नरहने गरी नेपाल प्रेस युनियन परित्याग गर्ने लागेको श्रोतको दाबी छ ।