राजविराज, २५ माघ ।
नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष एवं वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराइ मिडिया काउन्सिलको अध्यक्ष तथा नेपाल पत्रकार महासंघका उपाध्यक्ष श्यामसुन्दर यादव प्रदेश आमसञ्चार प्राधिकरणको अध्यक्ष पदमा नियुक्त भएपछि अध्यक्ष द्वयलाई नेपाल पत्रकार महासंघ सप्तरी शाखाले आईतवार एक कार्यक्रम बीच सम्मान गरेको छ।
अध्यक्ष द्वयलाई नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्का र कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अबधेश झाले दोसल्ला ओढाएर सम्मान गर्नु भएको हो ।
प्रमुख अतिथि अबधेश झाले नव नियुक्त अध्यक्ष द्वयले पत्रकार र पत्रकारिताको हकहितमा काम गर्नै आशा लिएको बताउँनुभयो । वहाँले मोफसलका पत्रकारहरूको निरन्तरता र दिगो विकासका लागि काम गर्न नवनियुक्त अध्यक्ष द्वयलाई आग्रह समेत गर्नु भयो ।
सम्मान ग्रहण गर्नुहुदै मिडिया काउन्सिलका अध्यक्ष शिवहरी प्रसाद भट्टराईले सबैको सुबेक्षाकै कारणले अध्यक्ष जिम्मेवारी पाएको बताउँनु हुँदै जिल्लावासी र प्रदेश सरकारप्रति आभार व्यक्त गर्नुभयो ।
आफुले पाएको जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता ब्यक्त गर्दै अध्यक्ष भट्टराईले भन्नुभयो –“स्थानीय तहसंग पत्रकारितालाई नजोडे सम्म यश क्षेत्रको विकास हुनसक्दैन ्।“
आम संचार प्राधिकरणको अध्यक्ष श्यामसुन्दर यादवले आफ्नै घरमा सम्मान पाउँदा अत्यन्तै खुशी भएको र गर्व महशुस गरिरहेको बताउनु भयो ।
वहाँले प्रदेश नं २ को सरकारले दिएको जिम्मेवारी आफ्नो लागि चुनौती र अवसर दुवै रहेको बताउनु हुदै आफ्नो जिम्मेवारी मर्यादित रूपमा कायम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष सुधा देवले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियोे भने सचिव जितेन्द्र जीतुले कार्यक्रम संचालन गर्नुभएको थियो ।