शुभ नारायण यादव , सप्तरी ३० असाेज । विगत केही दिन अघि आएकाे बाढिबाट लाखौंको धनजनकाे क्षति भएका बाढि पिडित तीन सय परिवारलाई एक सस्थाले राहत वितरण गरेकाे छ । सप्तरीको डाक्नेश्वरि नगरपालिका वडा न. ५ पाताेका झण्डै ३०० परिवारलाई नेपाल ट्रेड युनियन महासघ जि फ्रन्ट डाक्नेश्वरि नगर सङघ कमिटि पाताेले साे राहत वितरण गरेका हुन । त्यहाका बाढि पिडित परिवारलाई राहत स्वरुप प्रती परिवार १० किलाेका दरले चामल वितरण गरिएकाे अध्यक्ष गणेश चाेधरिले जानकारि दिनुभयाे । जि फ्रन्ट अध्यक्ष रामअवतार यादवकाे अध्यक्षतामा भएको साे राहत त्यहाका दलित ,विपन्न ,गरिब ,निमुखा लगायतका परिवारलाई राहत स्वरुप साे सामग्रीहरु वितरण गरेका छन । यसअघि त्यहाका दलित तथा विपन्न परिवारले वडा कार्यालयबाट काेराेना संक्रमण बढेकाे समयमा पाएकाे राहत बाहेक हालसम्म अन्य कुनै राहत नपाएको स्थानियबासिहरुकाे भनाइ रहेकाे छ । यता राहत पाएपछि स्थानिय बाढि पिडित परिवारहरले जि फ्रन्ट प्रती खुशि समेत ब्यक्त गरेका छन ।